काठमाडौं। काठमाडौं विश्वकै प्रदूषित सहरमध्ये छैटौं स्थानमा रहेको छ। स्विटजरल्याण्ड मुख्यालय रहेको आईक्यूएअरका अनुसार आज बिहानको प्रदूषण एक्यूआई हेर्दा नेपाल विश्वकै छैटौं प्रदूषित सहरमा परेको हो।
आज बिहान काठमाडौंको प्रदूषण १ सय ७० एक्यूआई मापन गरिएको छ। यो सूचकांक १०० देखि माथि पुग्नु मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ।
काठमाडौंको पनि खुमलटार क्षेत्र सबैभन्दा बढी प्रदूषित रहेको वातावरण विभागले जनाएको छ। खुमलटारको प्रदूषण १ सय ६९ एक्यूआई मापन गरिएको छ ।