काठमाडौं। नेकपा माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय कर्मचारी महासङ्घले बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गरेका छन्। महासंघले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बाढीपडितको सहयोगको लागि सात लाख सतहत्तर हजार सात सय सतहत्तर रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
चेक लिँदै अध्यक्ष प्रचण्डले प्राकृतिक विपत्तिले सिर्जना गरेको सङ्कट समाधानका लागि सरकारमा हुँदा पनि नहुँदा पनि आफ्नो पार्टी निरन्तर अग्रमोर्चामा रहेर काम गरेको उल्लेख गर्दै पार्टीनिकट शुभेच्छुक सङ्गठनहरूले पनि यसमा योगदान गर्दा पार्टीलाई थप ऊर्जा प्राप्त हुने बताए। उनले राष्ट्रसेवकसँगै जनताले भोग्नुपरेको विपत्तिमा कर्मचारीहरूले सहयोग सङ्कलन गरेकोमा धन्यवाद समेत दिए।