काठमाडौं। हाल देशभर मौसम सामान्य बदली रहि सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पहाडी भागमा आशिंक बदली रही तराईका केही भागमा बाक्लो हुस्सु लागेको महाशाखाले जनाएको छ।
आज दिउँसो चार वटा प्रदेश कोशी, बागमती, गण्डकी र कर्णालीका केही भागमा आशिंक बदली रहि बाकी स्थानमा मौसम सफा रहने महाशाखाले जनाएको छ।
तराईका क्षेत्रमा बिहानीपख र राती बाक्लो हुस्सु लाग्नसक्ने महाशाखाले जनाएको छ।