काठमाडौं। झापाको बिरिङ खोलामा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने ९ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ।
अर्जुनधारा नगरपालिका–७ स्थित बिरिङ खोलामा अवैध रूपमा उत्खनन गरिरहेको अवस्थामा बिहीबार दिउँसो प्रहरीले नौ वटा ट्याक्टर नियन्त्रणमा लिएको हो।
खोलाजन्य पदार्थ अवैध रुपमा निकालिरहेको सूचना पाएपछि नगर प्रहरीसहित जनपथ र सशस्त्र प्रहरीले ट्याक्टरहरू नियन्त्रणमा लिएर अर्जुनधारा नगरपालिकालाई बुझाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।