काठमाडौं। गौशाला प्रहरी बिट अगाडिका अतिक्रमित संरचना भत्काइएको छ। काठमाडौं महानगरपालिकाले आज गौशाला क्षेत्रका अतिक्रमित संरचनामा डोजर चलाएको हो।
आज महानगरले चक्रपथ विस्तारको जग्गा अतिक्रमण गरी बनाइएको प्रहरी बिट अगाडिका चार,पाँच वटा घरमा डोजर चलाएको महानगर प्रहरीले जनाएको छ। त्यहाँका अन्य अतिक्रमित संरचना समेत भत्काउने महानगर प्रहरीको भनाइ छ।
गत जेठ ६ गते अतिक्रमण गरी बनाइएका घर, टहरा भत्काउन सूचना जारी गरिएता पनि खाली नगरेपछि महानगरले डोजर चलाएको बताइएको छ।