पाल्पा। पाल्पा जिल्लाको रामपुर नगरपालिका–४ गैराबारीमा नेवाः सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण गर्न सुरू गरिएकाे छ। सङ्घीय सरकार र प्रदेश सरकारबाट विनियोजित बजेटमार्फत रामपुर नेवाः समाज रामपुर पाल्पाले भवन निर्माण गर्न सुरु गरेको हो।
भवन निर्माणका लागि कात्तिक दोस्रो साता लुम्बिनी प्रदेश सभा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठले शिलन्यास समेत गरेका छन्। सङ्घीय सरकारबाट विनियोज १८ लाख र जनश्रमदान गरी २१ लाख १७ हजार बाट पहिलो चरणमा र लुम्बिनी प्रदेश सरकारबाट विनियोजित रकम २५ लाखको काम ठेक्काबाट दोस्रो चरणमा हुने बताइएको छ।
नेवारी संस्कृतिमा आधारित ऐतिहासिक कला र संस्कृतिको संरक्षण र प्रवर्धनका लागि सङ्ग्रहालयको भवन निर्माण गर्न लागिएको हो।