काठमाडौं। पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। देशका तराई भूभागका थोरै स्थानहरूमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो तीन वटा प्रदेश कोशी, बागमती र गण्डकीका पहाडी भागका केही स्थानमा वर्षाको सम्भावना रहेको छ भने बाकी स्थानमा मौसम सफा रहने महाशाखाले जनाएको छ।
आज राति दुई वटा प्रदेश कोशी र गण्डकीका पहाडी भागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।