काठमाडौं। देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो तीन वटा प्रदेश कोशी, बागमती, गण्डकीका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने बाकी स्थानमा मौसम सफा रहने महाशाखाले जनाएको छ।
आज राति दुई वटा प्रदेश कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सफा रहने महाशाखाले जनाएको छ।