काठमाडौं। बाढी पहिरो गएर क्षति भएको दुई महिनापछि बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा क्षतिग्रस्त स्थानमा अवलोकनका लागि पुगेका छन्। असोजको दोस्रो साता आएको बाढी पहिरोले क्षतिग्रस्त बनेको काभ्रेको बेथानचोक गाउँपालिकामा शनिबार मुख्यमन्त्री लामा पुगेका हुन्।
स्थलगत निरीक्षण तथा अनुगमन कार्यक्रममा बोल्दै मुख्यमन्त्री लामाले पुनर्निर्माण गर्नका लागि तीनै तहको सरकारबीच सहकार्य गरेर काम गर्ने बताए । उनले प्रदेशभर बाढी प्रभावित स्थानीय तहलाई लक्षित गरेर एउटा योजना बनाउने र कार्यान्वयनमा लैजाने बताए ।
उनले भने, ‘हामीसँग विपद् व्यस्थापनका लागि केही बजेट छ। केही हामीले वितरण गरिरहेका छौं भने केही वितरण गर्ने क्रममा रहेका छौं। अब यस स्थानमा भएको क्षतिको विवरण संकलन गर्ने र विपद्लाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा संघ, प्रदेश र स्थानीय तहबीच तालमेल मिलाउन र निर्णय गर्न बाँकी छ ।