काठमाडौं। अहिले देशभर मौसम सामान्य रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो तीन वटा प्रदेश कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाकी स्थानमा मौसम सफा रहने महाशाखाले जनाएको छ। दुई वटा प्रदेश कोशी र गण्डककीका केही पहाडी स्थानमा भने हल्का वर्षाको पनि सम्भावना रहेको महाशाखाले बताएको छ।
आज राति तीन वटा प्रदेश कोशी, बागमती र गण्डकीका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको र बाकी स्थानमा मौसम सफा रहने महाशाखाले जनाएको छ।