फाइल फोटो
काठमाडौं। देशका पहाडी भागमा आंशिक बदली रही तराईका केही भागमा हुस्सु लागेको छ भने बाँकी स्थानमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो तीन वटा प्रदेश कोशी, बागमती र गण्डकीका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। बाकी स्थानमा भने मौसम सफा रहने महाशाखाले जनाएको छ।
आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको छ भने बाकी स्थानमा सामान्य बदली रही मौसम सफा रहने महाशाखाले जनाएको छ।