काठमाडौं। रसुवाको टिमुरेमा निर्माणाधीन सुख्खा बन्दरगाह यहि आर्थिक वर्षसक्ने लक्ष्यका साथ काम भइरहेको छ। हालसम्म ६५ प्रतिशत काम सकिएको सुख्खा बन्दरगाह आगामी श्रावणसम्ममा सञ्चालनमा आउने भएको हो।
हालसम्म बन्दरगाह वरिपरि भोटेकोशी खोलातर्फ र सडकतर्फको भागमा पर्खाल लगाउने काम पूर्ण रूपमा सकिएको छ। सामान जाँच गर्ने भवन पनि पूर्ण रूपमा बनिसकेको बताइएको छ।
बन्दरगाहमा पाँच तलाको प्रशासनिक भवन, पार्किङ, चेकजाँच भवन, दुइटा गोदाम, दुइटा सुरक्षा पोष्ट र सामान बोकेर ल्याएको कन्टेनर जोख्ने दुइवटा तौल पुल लगायतका संरचना बन्नेछन्।