काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले ‘बेल्ट एन्ड रोड इनिसियटिभ’अर्थात् ‘बीआरआई’ परियोजना नेपालको हितमा नभएको बताएका छन्। पार्टीका स्थानीय जनप्रतिनिधिहरूको बैठकपछि ठाकुरले बीआरआई परियोजना नेपालको हितमा नभएको बताएका हुन्।
उनले ऋण लिएर परियोजना सञ्चालन गर्दा त्यसले नेपाललाई नोक्सान मात्र गर्ने भन्दै बीआरआईलाई स्वीकार गर्न नसकिने बताए। उनले चीनको अनुदान स्वीकार गर्न सकिने तर ऋण लिन नसकिने बताए।
प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाने तयारी भइरहँदा ठाकुरले प्रधानमन्त्रीले यस विषयमा स्पष्ट रुपमा अस्वीकार गर्नेमा आफू विश्वस्त भएको बताए।