काठमाडौं। अहिले कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा सामान्य बदली रही बाकी स्थानमा मौसम सफा रहेको महाशाखाले जनाएको छ।
आज दिउँसो दुई वटा प्रदेश बागमती र गण्डकीका थोरै पहाडी भूभागमा वर्षाको सम्भावना रहेको छ। यसैगरी हिमाली भागका थोरै स्थानमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। बाकी स्थानमा मौसम सामान्य बदली रही सफा रहने महाशाखाले बताएको छ।
आज राती तीन वटा प्रदेश कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ। भने बाकी स्थानमा मौसम सामान्य बदली रहने महाशाखाले जनाएको छ।