काठमाडौं। गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समिति तथा भूमि अधिकार संरक्षण संघर्ष समितिले काठमाडौंका नदी किनारका मापदण्ड खारेज गर्न माग गर्दै र्याली निकालेको छ।
अभियन्ता सुमन सायमी लगायतले ललितपुरको कुपण्डोलस्थित बागमती नदी किनारबाट खबरदारी र्याली निकालेका हुन्।
र्याली माइतीघर मण्डलासम्म पुग्ने र कोणसभा गरेर समापन गर्ने कार्यक्रम रहेको छ।
र्यालीमा जनतालाई उठिबास गर्ने गैर न्यायिक सडक तथा खोला मापदण्ड खारेज गर’ लगायत नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकिएको छ।