फाइल तस्बिर
काठमाडौं। पूर्वी नवलपरासीमा सवारी साधनमा रिफ्लेक्टिभ स्टिकर टाँस्न सुरु गरिएको छ। पूर्व–पश्चिम राजमार्ग, भित्री सडकमा गुड्ने सवारीमा स्टिकर टाँस्ने काम सुरु भएको हो।
जाडो मौसम सुरु भएसँगै तराई भेगमा बिहानैदेखि बाक्लो हुस्सु लाग्ने र अगाडिका सवारी साधन नदेखिने समस्या भएपछि स्टिकर टाँस्न सुरु गरेको प्रहरीले जनाएको छ।
हुस्सु र रातको समयमा टाढाबाट स्टिकर टल्किने भएकाले दुर्घटनाको जोखिम कम हुने प्रहरीको विश्वास छ।
विशेष गरेर ब्याक लाइट नहुने ट्याक्टरको ट्रली तथा अन्य सवारीलाई विशेष प्राथमिकतामा राखेर अभियान संचालन गरिएको छ।