काठमाडौं। हाल तीन वटा प्रदेश कोशी, बागमती र गण्डकीका पहाडी भूभागका केही स्थानमा मौसम साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो चार वटा प्रदेश कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भागका केही स्थानमा वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भागका थोरै क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। बाकी स्थानमा मौसम सामान्य बदली रही सफा रहने महाशाखाले बताएको छ।
आज राति चार वटा प्रदेश कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।