काठमाडौं। काठमाडौं महानगरपालिकाले आफ्नो कार्यालय परिसर सवारी पार्किङका लागि निःशुल्क उपलब्ध गराउने भएको छ। महानगरले आजदेखि हरेक दिन साँझ साढे ५ देखि ११ बजेसम्म आफ्नो कार्यालय परिसर सवारी पार्किङका लागि उपलब्ध गराउने भएको हो।
कमलादी, पुतलीसडक, दरबार मार्ग, हात्तीसार, कमलपोखरीलगायत स्थानको यातायात आवागमन र पार्किङका लागि सहज बनाउन महानगरले आफ्नो कार्यालय परिसरमा पार्किङ उपलब्ध गराएको जनाएको छ। पार्किङको व्यवस्थापन महानगर प्रहरी बलले गर्ने बताइएको छ।