काठमाडौं। बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले हेटौँडामा निर्माणाधीन गौरीटार रङ्गशालाको काम समयमै सक्न निर्देशन दिएका छन्। शुक्रबार मन्त्री महर्जनले निर्माणाधीन रङ्गशालाको अनुगमन गर्दै समयमै काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिएका हुन्।
मन्त्रालय अन्तर्गतका खेलकुद महाशाखा, प्रदेश खेलकुद विकास परिषद्का कर्मचारीहरूलाई आवश्यक नियमन सहित काम सम्पन्न गराउन उनले आग्रह समेत गरे।
मन्त्री महर्जनले खेलकुद पूर्वाधार समयमै नबन्दा खेलकुदसँग सम्बन्धित गतिविधि अगाडि बढाउन समस्या भएको बताए। उनले ठेक्का लिएर विभिन्न बहानामा काम नगर्ने निर्माण कम्पनीहरूलाई कारबाहीको दायरामा ल्याउने चेतावनी समेत दिए।