काठमाडौं। सल्यानको दार्मा गाउँपालिकाका भूकम्पपीडित स्थानीयलाई पालिकाले ४० को रोजगारी प्रदान गरेको छ। गत वर्षको कात्तिक १७ गते जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाई गएको भूकम्पबाट प्रभावितलाई पालिकाले रोजगारी दिएको हो।
भूकम्पबाट प्रभावित भएकालाई आय आर्जनमा सहज होस् भनेर दार्मा गाउँपालिकाले सबै वडाका ८ सय ३० जनालाई रोजगारी दिएको हो ।
बेलायती दूताबासले उक्त कार्यक्रमअन्तर्गत दार्मा गाउँपालिकामा आर्थिक वर्ष २०८१/८२ मा ५ करोड ३० लाख रुपैयाँ अनुदान दिएको छ । जसबाट पालिकाभित्र पाँच सिँचाइ, चार खानेपानी र तीन सडक स्तर वृद्धिको काम भइरहेको छ ।