काठमाडौं। अहिले तीनव वटा प्रदेश कोशी, बागमती र गण्डकीका पहाडी भागमा सामान्य बदली रही बाकी स्थानमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो दुई वटा प्रदेश कोशी र गण्डकीका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा साथै उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हिमपातको सम्भावना रहेको छ भने बाकी स्थानमा मौसम सफा रहेने महाशाखाले जनाएको छ।
आज राति कोशी प्रदेशको पहाडी भागको थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ भने बाकी स्थानको थोरै भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ।