काठमाडौं। हाल देशको पहाडी भागमा आशिंक बदली रही तराईका केही भागमा हुस्सु लागेको छ भने बाकी स्थानमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो ताीन वटा प्रदेश कोशी, बागमती र गण्डकीका पहाडी भागका थारै स्थानमा वर्षा साथै उच्च पहाडी तथा हिमाली भूभागका केही क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। बाकी स्थानमा मौसम सफा रहने छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने बाकी स्थनमा मौसम सफा रहने महाशाखाले जनाएको छ।