काठमाडौं। नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन्। मन्त्रीपरिषदको सोमबार बसेको बैठकले सन्तोषनारायण श्रेष्ठलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका हुन्।
अध्यक्षमा श्रेष्ठ नियुक्त भएसँगै करिब एक वर्षपछि धितोपत्र बोर्डले नयाँ नेतृत्व पाएको छ।तत्कालीन अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि २०८० पुस २१ गतेदेखि बोर्ड नेतृत्वविहीन थियो । बोर्ड नेतृत्वविहीन बन्दा प्राथमिक सेयर निष्कासन (आइपिओ), थप निष्कासन प्रक्रिया (एफपिओ), ऋणपत्र, हकप्रदलगायत धितोपत्रको अनुमति प्रक्रिया ठप्प छ ।