काठमाडौं। हाल देशका पहाडी भूभागमा आंशिक बदली रही तराईका केही भागमा हुस्सु लागेको छ भने बाकी स्थानमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो तीन वटा प्रदेश कोशी, बागमती र गण्डकीका पहाडी भागका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भूभाग का थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। बाकी स्थानमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।
आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने बाकी स्थानमा मौसम सफा रहेको महाशाखाले जनाएको छ।