काठमाडौं। देशका पहाडी भागमा अहिले आंशिक बदली रही तराईका केही भागमा हुस्सु लागेको छ भने बाकी स्थानमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो तीन वटा प्रदेश कोशी, बागमती र गण्डकीका पहाडी भागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ भने हिमाली भागका थोरै स्थानमा हिमपातको सम्भावना रहेको महशाखाले जनाएको छ। बाकी स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाले बताएको छ।
त्यसैगरी आज राती कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही भागमा वर्षाको सम्भावना रहेको छ भने बाकी स्थानमा मौसम सफा रहने महाशाखाले जनाएको छ।