काठमाडौं। देशका पहाडी भागमा आशिंक बदली रहेको छ भने बाकी स्थानमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने बाकी स्थानमा आशिंक बदली देखि मौसम सफा रहने महाशाखाले जनाएको छ।
आज राती देशका पहाडी भागमा हल्का वर्षा र आशिंक बदली रही बाकी स्थानमा मौसम सफा रहने महाशाखाले जनाएको छ।