काठमाडौं। चिनियाँ निर्माण कम्पनीले नेपालको नदीबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।
महेन्द्र राजमार्ग अन्तर्गतको कमला–कञ्चनपुर सडक खण्डको स्तरोन्नति कार्यको ठेक्का पाएको चीनको चाइना रेल्वे–२ इन्जिनियरिङ ग्रुपविरुद्ध सवोच्च अदालतमा रिट दायर गरिएको हो।
उक्त कम्पनीले स्थानीयको अवरोधका बाबजुत पनि रोडा, बालुवा र ढुंगा निर्वाधरुपमा अवैध उत्खनन गरेकोले तत्काल रोक्नु भनि चक्रवर्ती ल कलेजमा अध्ययनरत छात्रा आँचल कुमारीले अन्तरिम आदेशको मागसहित रिट दायर गरेकी हुन्।
मधेस प्रदेशको सिरहा र सप्तरीमा चाइना रेल्वेले अवैध उत्खननलाई तीव्र पारेको तर सरोकारवाला निकायहरू मौन रहँदै आएको रिटमा दाबी गरिएको छ ।