काठमाडौं। हेटौंडामा खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन भइरहेको छ। बागमती प्रदेश खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयले हेटौंडामा दुईदिने खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रमको बिहीबार बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले उद्घाटन गरे। बिहीबार सुरु भएको कार्यक्रम शुक्रबार सम्पन्न हुनेछ।
कार्यक्रमलाई प्रदेश नीति तथा योजना आयोगका अध्यक्ष गंगादत्त नेपाल, जिल्ला समन्वय समितिका प्रमुख ललित घलान, प्रदेशका प्रमुख सचिव डा.हरिप्रसाद लम्साल, आरआरएनएका अध्यक्ष एवं अमेरिकाका पूर्वराजदूत डा.अर्जुन कार्की, खानेपानी उपभोक्ता महासंघ नेपालका अध्यक्ष राजेन्द्र अर्याल, खानेपानी मन्त्रालयका सचिव मोहन शाक्यलगायतले सम्बोधन गरेका छन्।
त्यसैगरी कार्यक्रममा बागमती प्रदेशका २२ पालिकाका प्रमुख, उपप्रमुख, प्रशाकीय अधिकृत र खानेपानीसम्बन्धी सरकारी एवं गैरसरकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको छ। कार्यक्रममा डा.रजित ओझा र नवीन अधिकारीले कार्यपत्र प्रस्तुत गरेका छन्।