काठमाडौं। पोखराको खानेपानी शुद्धीकरण आयोजना निर्माण सम्पन्न भएको छ। जापान सहयोग नियोग जाइकाको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजना निर्माण गरी शुक्रबार खानेपानी मन्त्री प्रदीप यादवले उद्घाटन गरेका छन्।
शुक्रबार नै आयोजना खानेपानी संस्थानलाई हस्तान्तरण समेत गरिएको छ। आयोजना जाइकाको ४ अर्ब ८१ करोड अनुदान सहयोग निर्माण भएको हो।
२०७३ फागुन ४ मा जाइका र नेपाल सरका थियो। २०८० पुस १५ मा निर्माण सम्पन्न गर्नेगरी जापानकै हाज्मा एन्ड कर्पोरेसनसँग ठेक्का सम्झौता भएकोमा समयमा निर्माण पूरा नभएपनि गत भदौसम्मको म्याद थप गरेर आयोजना निर्माण सम्पन्न गरिएको छ।