काठमाडौं। हाल देशभर मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशभरका पहाडी भूभागमा आशिंक बदली रही बाकी स्थानमा मौसम सफा रहने महाशाखाले जनाएको छ। कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ।
आज राती पहाडी भूभागमा मौसम आशिंक बदली रही बाकी स्थानमा सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।