काठमाडौं। हाल देशका पहाडी भूभागमा आशिंक बदली रही बाकी स्थानमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी प्रदेशको पहाडी भागमा आंशिक बदली रही बाकी स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
आज राती दुई वटा प्रदेश कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आशिंक बदली रही बाकी स्थानमा सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ।
यसैगरी उच्च पहाडी र हिमाली क्षेत्रमा हल्लका हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।