काठमाडौं। हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाकी स्थानमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाकी स्थानमा मौसम सफा रहने महाशाखाले जनाएको छ।
यसैगरी आज राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा बदली रही बाकी स्थानमा मौसम सफा रहने महाशाखाले जनाएको छ।
यस्तै देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।