काठमाडौं। हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाकी स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो दुईवटा प्रदेश कोशी र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने छ भने बाकी स्थानमा मौसम सफा रहने महाशाखाले जनाएको छ।
यसैगरी आज देशका पहाडी भागमा आंशिक बदली रही बाकी स्थानमा मौसम सफा रहने महाशाखाले जनाएको छ।