काठमाडौं। हाल देशका पहाडी भूभागका केही स्थानमा आंशिक बदली रही बाकी स्थानमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी प्रदेशको पहाडी पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने बाकी स्थानमा आंशिक बदली रही मौसम सफा रहने महाशाखाले जनाएको छ।
आज राति तीन वटा प्रदेश कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाकी स्थानमा मौसम सफा रहने महाशाखाले जनाएको छ।