काठमाडौं। हाल देशका पहाडी भूभागका केही स्थानमा आंशिक बदली रहेको छ भने बाकी स्थानमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो तीन वटा प्रदेश सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका केही भागमा हल्का वर्षाको सम्भावन रहेको छ भने बाकी स्थानमा आंशिक बदली देखि मौसम सामान्य तया सफा रहने महाशाखाले जनाएको छ।
देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति सुदूरपश्चिम, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। बाकी स्थानमा मौसम सफा रहने छ।