काठमाडौं। हाल देशका विभिन्न स्थानमा चिसो बढेकोे मौसम पूर्वानुमाान महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ।
राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
काठमाडौं उपत्यकाको अधिकतम र न्यूनतम तापक्रम दुवै घटेसँगै चिसो बढेको छ। देशका उच्च पहाडी भाग र हिमाली भागमा हिमपात समेत भएको छ।