काठमाडौं। अहिले कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ भने तराईका केही स्थानमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सफा रहने महाशाखाले जनाएको छ।
आज राति कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही बाकी स्थानमा मौसम सफा रहने महाशाखाले बताएको छ।