फाइल फोटो
पाँचथर। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरेका छन्। उक्त विद्यालय भवनको ओलीले आज उद्घाटन गरेका हुन्।
तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा रहेको सो विद्यालयको १८ कोठे नयाँ भवनको आज उद्घाटन गरिएको हो।
दक्षिण कोरियाको युम होङ गिल ह्युमन फाउण्डेसनको सहयोगमा उक्त विद्यालय भवन निर्माण सम्पन्न भएको बताईएको छ।
प्रधानमन्त्री ओलीले आफ्नो प्रारम्भिक शिक्षा पनि सोही विद्यालयबाट लिएका हुन्।