काठमाडौं। आज काठमाडौं उपत्यकाको बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियस मापन भएको छ।
उक्त तापक्रम यो वर्षकै कम हो। तापक्रम घटेपनि आज मौसम भने सामान्यतया सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले तराईका भूभागमा हुस्सु र कुहिरो लागेको छ। आज दिउँसो पनि तराईका केही भागमा हुस्सु लाग्ने महाशाखाले जनाएको छ।