काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले महत्वपूर्ण कार्य सम्पादन गरेको बताएका छन्।
सिंहदरबारमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण हस्तान्तरण तथा बर्हिगमन समारोहमा मन्त्री खाँणले प्राधिकरणले आफ्नो कार्यकालमा अन्तर्राष्ट्रिय क्षेत्रका विज्ञले समेत अनुसन्धान गर्न योग्य काम गरेको बताएका हुन्।
उनले प्राधिकरणले २०७२ को भूकम्पबाट क्षति भएका संरचना पुनःनिर्माणमा महत्वपूर्ण कार्य सम्पादन गरेको बताएका छन्।
उनले भूकम्पले क्षति पुर्याएका पुरातात्विक महत्वका संरचनाको निर्माण ज्यादै जटिल र चुनौतिपूर्ण भए पनि प्राधिकरणले मन लगाएर पूरा गरेको बताए।
मन्त्री खाँडले मन्त्रालय मातहतको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अब पुनःनिर्माण प्राधिकरणले गरेका कामको प्राविधिक र प्रशासनिक काम र सुरु भएर सम्पन्न हुन नसकेका कार्यको पनि परामर्श गरेर टुङ्ग्याउने बताए।