काठमाडौं। बाजुराको जगन्नाथ गाउँपालिका केन्द्रविन्दू भएर ५.२ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार आज बिहान ४ बजेर १४ मिनेटमा ५.२ रेक्टर स्केलको भूकम्प गएको हो।
भूकम्पबाट के कति क्षति भयो भन्ने विवरण आइसकेको छैन।
भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय त्रसित हुँदै घरबाहिर निस्केका छन्। यसअघि गएको बिहीबार मनाङको नेस्याङ केन्द्रबिन्दु भएर ४ दशमल ७ म्याग्निच्यूडको भूकम्प गएको थियो।
त्यसैगरी गएको मंगलबार र बुधबार बझाङ केन्द्रबिन्दु भएर पनि लगातार दुईवटा भूकम्प गएका थिए।