काठमाडौं। हेटौँडा सिमेन्ट उद्योगले पुस १३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गर्ने भएको छ। उद्योगको उपकरण मर्मत कार्य सकिए लगत्तै पुस १३ गतेदेखि उत्पादन सुरु गर्ने भएको हो।
उद्योगको क्लिनिकलर मेसिन लगायतका उपकरणको मर्मतकार्य भइरहेको उद्योगले जनाएको छ। उपकरणको मर्मत गर्नुपर्ने भन्दै उद्योग व्यवस्थापनले गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो। उद्योगको उपकरण बनाउन भारतबाट श्रमिक ल्याउनुपर्ने भएकाले मर्मत सम्भारमा समय लागेको बताइएको छ।