काठमाडौं। काठमाडौंको न्यूनतम तापक्रम केही दिनको तुलनामा बढेको छ। शुक्रबार र शनिबारको तुलनामा आज (आइतबार) बिहानको काठमाडौंको तापक्रम बढेको हो।
आइतबार बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार शनिबार काठमाडौंको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस मापन भएको थियो भने शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन भएको थियो।
त्यसअघि बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियसम, बुधबार ७.५ डिग्री सेल्सियस, सोमबार र मंगलबार ४.८ डिग्री सेल्सियस मापन भएको थियो।
आइतबार बिहान काठमाडौंमा मौसम बदलीको अवस्था छ। आइतबार दिउँसो मौसम सुधार भएर घाम लाग्ने पूर्वानुमान छ।