काठमाडौं। बैतडी जिल्लाको सिगास गाउँपालिकाको न्वाघर क्षेत्रमा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ७ बजेर ५४ मिनेट जाँदा न्वाघर केन्द्रविन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पका कारण कुनै जनधनको क्षति भएको खबर अहिलेसम्म प्राप्त भएको छैन। सम्बन्धित क्षेत्रका स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ। भूकम्प मापन केन्द्रले थप विवरणका लागि अनुसन्धान गरिरहेको जनाएको छ।