काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायीका समस्या समाधान गर्न मुख्य सचिव एकनारायण अर्यालको ध्यानाकर्षण गराएको छ। महासंघका अध्यक्ष रवि सिंहको नेतृत्वमा एक प्रतिनिधिमण्डलले मंगलबार मुख्य सचिव अर्यालसँग भेट गरी निर्माण व्यवसायीका समस्या समाधान गर्न आग्रह गरेको हो।
मुख्य सचिवसँगको भेटमा महासंघले निर्माण व्यवसायीको भुक्तानीको समस्या, सिमेण्ट लगायतका निर्माण सामाग्रीमा निरन्तर भइरहेको मूल्यवृद्धि, सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधनमा रहेको म्याद थप सम्बन्धी जटिलता र राष्ट्र बैंकको ऋणरकिस्ता सहुलियत कटौती लगायतका निर्माण व्यवसायीहरूका समस्या बारे ध्यानाकर्षण गराउँदै समाधानका लागि तत्काल ठोस पहल गर्न आग्रह गरेको छ।