काठमाडौं। काठमाडौँमा आज दिउँसो १ बजेर २ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ । सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर ४.८ म्याग्निच्यूडको भूकम्पको धक्का महशुस भएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले विसं २०७२ को गोरखा केन्द्रविन्दु भएको भूकम्पकै पराकम्प स्वरुप आजको धक्का महसुस भएको जनाएको छ। भूकम्पबाट के कति क्षति भएको भन्ने विवरण आउन बाँकी छ।
केही समयदेखि नेपालको सुदूरपश्चिमका विभिन्न जिल्लामा दैनिक जसो भूकम्प गइरहेको छ।