काठमाडौं। सम्राट सिमेन्ट प्रालिले १५ अर्ब लागतको परियोजना सुरु गर्ने भएको छ। सम्राट सिमेन्टले उक्त परियोजना कार्यान्वयन प्रक्रिया सुरु गर्न शुक्रबार लगानी बोर्ड नेपालसँग समझदारीपत्रमा हस्ताक्षर गरेको हो ।
समझदारीपत्रमा सम्राट सिमेन्ट प्रालिका अध्यक्ष अनिलकुमार रुङ्गटा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले हस्ताक्षर गरेका छन् ।
सम्राट सिमेन्टले यसअघि उद्योग विभागमा दर्ता भएर काम गरिरहेको थियो । ६ अर्बभन्दा माथिको लगानी बोर्डमार्फत कार्यान्वयन हुनुपर्ने व्यवस्थाअनुसार यो कम्पनी बोर्डमा आएको कम्पनीले जनाएको छ।
यसअघि २०७७ असारमा बसेको लगानी बोर्डको ४४औँ बैठकले सम्राट सिमेन्ट इन्डस्ट्रिज परियोजनाका लागि रू १५ अर्ब पाँच करोड बराबर लगानी स्वीकृति गर्ने निर्णय गरेको थियो ।