काठमाडौं। रसुवाको टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहको काम आगामी असार मसान्तसम्म सम्पन्न हुने भएको छ। चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माणाधीन बन्दरगाहको काम आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्नेगरी तीव्र गतिमा भइरहेको हो।
बन्दरगाह निर्माणको काम हालसम्म ७२ प्रतिशत पूरा भएको नेपाल इन्टर मोडल यातायात विकास समितिले जनाएको छ। चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माणाधीन बन्दरगाहका लागि त्रिशुली बगरमा सात सय मिटर लामो र साढे पाँच मिटर अग्लो सिमेन्टको पिलरसहित तटबन्ध निर्माण, बन्दरगाह प्रवेश र त्यहाँबाट प्रस्थान गर्ने सहायक मार्गको निर्माण, बगर सम्याउने, गोदामका दुई भवन निर्माण भएका छन् ।
बन्दरगाहमा संयुक्त निरीक्षणस्थल, गोदाम भवन, तीन सय मालबाहक र एक सय साना सवारी साधन पार्किङ गर्न सकिने छ ।