काठमाडौं। स्याङ्जाको आँधीखोलामा तटबन्ध निर्माण कार्य सुरु भएको छ। आठ करोडको लागतमा धेरै कटान भएका स्थानमा तटबन्धन गर्न सुरु गरिएको हो।
गण्डकी प्रदेश ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको अनुदानमा सञ्चालित योजनामार्फत आँधीखोला गाउँपालिका, पुतलीबजार, भिरकोट र वालिङ नगरपालिका भएर बग्ने आँधीखोलाको चार किलोमिटर तटबन्ध निर्माण हुनेछ।
सिँचाइ डिभिजन कार्यालय र पालिकासँगको सहकार्य र लागत साझेदारीमा निर्माण गर्न सुरु गरिएको तटबन्धनको काम आगामी २०८३ वैशाखमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।