काठमाडौं। काठमाडौंको धोबीखोला पुलबाट कार खसेको छ। काठमाडौं महानगरपालिका–२१ स्थित मदन भण्डारी कलेजनजिक पुलबाट आज बिहानै कार खोलामा खसेको हो।
काठमाडौं प्रहरी परिसरका अनुसार कार अनामनगरबाट बानेश्वर जाँदै थियो। कार ललितपुर महानगरपालिका–१ का ४६ वर्षीय विनोदविक्रम सिजापतिले चलाएका थिए। उनी सकुशल रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अहिले कार खोलाबाट निकाल्ने काम भइरहेको छ।